गृहपृष्ठ ∕ समाचार ∕ लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल प्रिया स्मृती गजमेर असोज २, २०७७ गते २२:०४ मा प्रकाशित दाङ — नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने, नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसी, विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाह, लमही जेसिजका पुर्ब अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता खेमराज घिमिरे लगायतको टोलीले अस्पतालमा उपचार गराईरहेका विरामीलाई फलफुल वितरण गरेका हुन ।टोलीले सिंहको सम्झनामा अस्पतालमा विरामी भएर उपचार गराईरहेकाहरुलाई फलफुल वितरण गरेको लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने जानकारी दिए । विरामीलाई फलफुल वितरण गर्दै वडाध्यक्ष तथा नेता न्यौपानेले सिंहको थोरै बिचार अहिलेका नेताहरुले अनुसरण गर्न सके मात्र कांग्रेस साच्चिकै कांग्रेस हुने बताए ।त्यस्तै नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसीले कांग्रेस भित्र झाङ्गिदै गएको गुट उपगुट अन्त्य भयो भने मात्र कांग्रेस बलियो हुने बताए । कांग्रेस भित्र भएका साना तिना मनमुटावलाई त्यागेर एक ढिका हुने हो भने जुन सुकै शक्तिले पनि कांग्रेस नहल्लिने बताए । विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाहका अनुशार लौह पुरुष सिंहको योगदानलाई बुझेर आत्मा साथ गर्नु पर्ने र पछिल्लो पुस्ताले सोहि मार्ग पछ्याउदै हिड्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।नेता सिंहको सम्झनामा फलफुल लगेर अस्पताल पुगेको काङ्ग्रेस नेताहरुलाई लमही अस्पतालका तर्फ बाट कमल चौधरी र सिर्जन पौडेलले धन्यवाद दिएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी