गृहपृष्ठ ∕ समाचार ∕ लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल लौहपुरुष सिंहको सम्झनामा विरामीलाई फलफुल प्रिया स्मृती गजमेर असोज २, २०७७ गते २२:०४ मा प्रकाशित दाङ — नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने, नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसी, विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाह, लमही जेसिजका पुर्ब अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता खेमराज घिमिरे लगायतको टोलीले अस्पतालमा उपचार गराईरहेका विरामीलाई फलफुल वितरण गरेका हुन ।टोलीले सिंहको सम्झनामा अस्पतालमा विरामी भएर उपचार गराईरहेकाहरुलाई फलफुल वितरण गरेको लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सुबाश न्यौपाने जानकारी दिए । विरामीलाई फलफुल वितरण गर्दै वडाध्यक्ष तथा नेता न्यौपानेले सिंहको थोरै बिचार अहिलेका नेताहरुले अनुसरण गर्न सके मात्र कांग्रेस साच्चिकै कांग्रेस हुने बताए ।त्यस्तै नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ दाङ्गका अध्यक्ष मोहन केसीले कांग्रेस भित्र झाङ्गिदै गएको गुट उपगुट अन्त्य भयो भने मात्र कांग्रेस बलियो हुने बताए । कांग्रेस भित्र भएका साना तिना मनमुटावलाई त्यागेर एक ढिका हुने हो भने जुन सुकै शक्तिले पनि कांग्रेस नहल्लिने बताए । विपी कोइराला युवा नेतृत्व विकास मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाहका अनुशार लौह पुरुष सिंहको योगदानलाई बुझेर आत्मा साथ गर्नु पर्ने र पछिल्लो पुस्ताले सोहि मार्ग पछ्याउदै हिड्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।नेता सिंहको सम्झनामा फलफुल लगेर अस्पताल पुगेको काङ्ग्रेस नेताहरुलाई लमही अस्पतालका तर्फ बाट कमल चौधरी र सिर्जन पौडेलले धन्यवाद दिएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट