Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५युवा मंचको अभियान “मास्क लैजानुस”

युवा मंचको अभियान “मास्क लैजानुस”


दाङ — नजिकै टांगिएको ब्यानरमा “भएकाले नयाँ मास्क दिएर जानुस नभएकाले निशुल्क लिएर जानुस” भनेर लेखिएको छ, बिहानै युवाहरु दाताहरुले सहयोग गरेको सर्जिकल मास्कका पोकाहरु बोकेर बजारको मुख्य चोकमा पुग्ने गर्दछन । चाहे त्यो पैदलयात्री होस्, चाहे सवारी चालक होस् । यदि उनीहरुले मास्न नलगाएर हिडेका छन् भने प्रहरीको सहायतामा रोक्न लगाई निशुल्क मास्क दिने गर्दछन । मास्क दिदै गरेका एक युवा मध्ये दाङ्ग क्षेत्र नम्बर १ विपी युवा मंचका क्षेत्रीय संयोजक किरण बिक्रम शाहका अनुशार यो कुनै सस्तो लोकप्रियताका लागि नभएर मानिसलाई कोरोना भाइरसबाट बच्ने उपाय सिकाउन र सचेतना फैलाउनका लागि भएको बताए ।

बजारमा अझै पनि मास्क नलगाएर हिड्ने मान्छेहरु प्रशस्तै भेटिन्छन । कहिँकतै प्रहरीलाई देखे भने हातले मुख छोपेर समेत हिन्ने गरेको पाइन्छ । देशमा यस्तो महामारी आईसक्दा पनि मानिसमा चेतना नहुनु दुखको कुरा भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए । “सबै कुरा थाहा पाएर पनि मानिसहरु यो कोरोना केहि हैन रैछ भन्ने मानसिकता बोकेको देखिन्छ” मल्लले भने साथै कोरोना भाइरसबिरुद्ध लड्नु आम नागरिकको कर्तव्य भएको भन्दै सहयोग गर्न पनि मल्लले आग्रह गरेका छन ।

युवा मंचले यहि भदौको २५ गते देखि सबै स्थानिय तहमा गठन भएको युवा मंचका युवाहरुलाई संकलन भएको सर्जिकल मास्क वितरण गर्न जिम्मेवारी दिएको छ । सोहि अनुरुप बिभिन्न स्थानमा मास्क पनि वितरण भैरहेकेको छ । त्यस्तै नेपाली कांग्रेसका नेता कर्ण बहादुर बुढाथोकीले पछिल्लो समयमा युवाहरुले कोरोना भाइरसका बिरुद्घ उठाएको अभियान प्रशंसनीय भएको बताए । यस्तो बेला राज्यको मात्र मुख ताक्न नपर्ने र जसले जे सक्छ सहयोग गर्नु पर्छ भन्ने संदेश युवाहरुले दिएको भन्दै खुशी व्यक्त गरे ।

विपी कोइराला युवा नेतृत्व विकाश मंच दाङ्ग क्षेत्र नम्बर १ देउखुरीले देउखुरीका चारवटै स्थानीय तहमा निशुल्क मास्क वितरण कार्यक्रमलाई तिब्रता दिएको छ । देउखुरीका गढवा, राजपुर, राप्ती गाउँपालिका र लमही नगरपालिकामा मास्क नलगाएर हिड्नेहरुलाई भाइरसबाट बच्नका लागि मास्क प्रयोग गर्नु पर्छ भन्दै निशुल्क मास्क वितरण कार्यक्रम भैरहेको देउखुरीका संयोजक किरण बिक्रम शाहले जानकारी दिए । मंचले सामुदायिक प्रहरी सेवा केन्द्रसंग सहकार्य गरेर मानिसहरु ओहोरदोहोर गर्ने मुख्य चोक चोकमा निशुल्क मास्क वितरण गरेको छ ।

अझै पनि समुदायस्तरमा मास्क लगाउन पर्छ भन्ने चेतना नभएर मास्कै नलाएर हिडिरहेका मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै देउखुरीका सामाजिक अभियान्ता तथा नेताहरुले मंचलाई निशुल्क मास्क उपलब्ध गराएका छन् । जस मध्ये देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले एक हजार मास्क, नेपाली कांग्रेसका नेता मधु न्यौपानेले एक हजार मास्क, लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले एक हजार सर्जिकल मास्क, लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले एक हजार सर्जिकल मास्क, वडा नम्बर ४ का वडाध्यक्ष सुबाश न्यौपानेले एक हजार सर्जिकल मस्क, वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले एक हजार सर्जिकल मास्क, उधोगपती लीलाराम खनालले एक हजार सर्जिकल मास्क, कांग्रेस नेता अनुप कुमार थापाले ५ सय सर्जिकल मास्क, गढवा खानेपानीका अध्यक्ष लेखराज थापाले ५ सय सर्जिकल मास्क, त्यस्तै लमही चेम्बर अफ कमर्सका सह सचिव निर्मला ज्ञवालीले ६ सय थान सर्जिकल मास्क र लमही जेसिजक पूर्व अध्यक्ष खेमराज घिमिरेले ५ सय थान सर्जिकल मास्क युवा मंचलाई प्रदान गरेको लमही नगरपालिका स्तरिय विपी युवा नेतृत्व विकास मंचका संयोजक राजेन्द्र श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस