Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५आयाम सहकारीको छैठौ साधारण सभा सम्पन्न

आयाम सहकारीको छैठौ साधारण सभा सम्पन्न


दाङ — देउखुरीको गढवामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लिको छैठौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको सभापतित्व एव् लमही जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चौधरीले बार्षिक प्रतिवेदन, संस्थाका कोषााध्यक्ष कालिप्रसाद चौधरीले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक सीता नेपालीले आर्थिक वर्ष २०७७÷०७८ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

संस्थाको ८ करोड ७० लाख बराबरको कारोवार विवरण प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष चौधरीले यस आर्थिक वर्षमा ११ करोड बढिको कारोवार गर्ने लक्ष्य राखेको जानकारी दिए । संस्थाले गढवा गाउँपालिका भर कार्यक्षेत्र थप गर्नका लागि गढवा गाउपालिका सहकारी शाखा सँग समन्वय गरि संस्थाको कार्यक्षेत्र थप गर्ने महत्वपुर्ण निर्णय गरेको छ । नौ सय सात जना शेयर सदस्य रहेको संस्थामा यसवर्ष चौध सय पचास शेयर सदस्य पुर्याउने लक्ष्यका साथ काम अघि बढाईएको संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा लमही जेसिसका पुर्व अध्यक्ष भण्डारीले छोटो समयमै उपलब्धिहरू हासिल गर्न संस्थाले महत्त्वपूर्ण काम गरेको बताउदै, सेवामुखी भएर काम गर्ने तथा आफ्ना सदस्य प्रति जिम्मेवार भएर अघि बढ्नेमा आफु विस्वस्त रहेको बताए ।

त्यस्तै अध्यक्ष बस्यालले संस्थालाई देउखुरीकै नमुना सहकारीको रूपमा विकाश गर्न आफु लागि परेको भन्दै यसै आर्थिक वर्षबाट कालाकाटेमा शाखा लैजान प्रक्रिया शुरू गरिएको, यसै वर्ष जग्गा खरिद गर्ने, ३ वर्षको समय भित्र आफ्नै सुबिधा सम्पन्न भवन बढाउने लक्ष्यका साथ काम अघि बढाईएको बताए ।

सामाजिक दुरी तथा स्वास्थ्य साबधानि अपनाएर गरिएको साधारणसभामा संस्थाका लेखा समिति संयोजक ईश्वरप्रसाद चौधरी, धनपति साकोस घोराहीका व्यवस्थापक आरति नेपाली, ऋण समित उप संयोजक मुलचन्द चौधरी लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेको स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रमको संचालन रेमिट प्रमुख किरण सुनारले गरेकि थिईन ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस