गृहपृष्ठ ∕ समाचार ∕ ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न ‘योगदान राष्ट्रका लागि’ को आयोजनामा अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न अंकित रावल भदौ २७, २०७७ गते २१:४२ मा प्रकाशित दाङ — ‘योगदान राष्ट्रका लागि’ अभियानले विशेष कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिबार दिउँसो ४ बजे राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा ‘जुम बैठक’ विशेष छलफल कार्यक्रम गरी कार्यक्रम मनाइएको ‘योगदान राष्ट्रका लागि’ दाङ जिल्ला संयोजक प्रभात देबकोटाले जानकारी दिए ।सामाजिक अभियान्ता उप्रेतीका अनुसार कार्यक्रमकाे प्रमुख अतिथीका रूपमा अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा, जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता ओम उप्रेतीको उपस्थिती रहेको थियो ।यस्तै साेही दिन विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको आत्माको शान्तिको लागि कामना गर्दै, संक्रमितहरूकाे स्वास्थ्य लाभ तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकाे याेगदानकाे उच्च सम्मानमा साँझ आ-आफ्नो घरबाट सि. एफ. एन. दाङ लगाएत देशव्यापी रुपमा नै दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको देबकोटाले दीपसञ्चार मिडियालाई बताए ।‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने, दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ । यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानकाे मुख्य उद्देश्य रहेको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिएको थियो भने कार्यक्रमम करीब २५० जनाको सहभागीता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्युबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्दै फ्रान्स एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे शनिवार गोष्ठी गर्दै कमल थापाले छोडे राप्रपा ! एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ