गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी यूएईबाट काठमाडौँ फर्किने हवाइ टिकटमा नै कालोबजारी जीएनएन भदौ २२, २०७७ गते २०:३४ मा प्रकाशित यूएई — संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरुले गुनासो गरेका छन् । यसअघि सरकारले चार्टर उडानको भाडादर १४५० दिराम तोकेको थियो । अहिले नियमित उडानमा सहजरुपमा टिकट पाउन छाडेपनि महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको एक नेपालीले बताएका छन् ।उनीहरुका अनुसार ट्राभल एजेन्सीमा गएर बुझ्दा सस्तोमा २२ सय देखि ३५ सय दिरामसम्म टिकटको मुल्य रहेको एजेन्सीहरुले बताउने गरेका छन् । त्यो पनि ट्राभलमा टिकट नपाइने तर, यूएईको नेपाली होटल, किराना पसल तथा कार्गाे अफिसमा जति पनि टिकट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौतारिरहेका नेपालीहरु बताउँछन् । नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारो मात्र हालेको छैन पुरै भ्रममा पारेको भन्दै प्रबासी नेपालीहरुले आक्रोश पोखेका छन् ।नियमित उडान भएका मुलुकहरुबाट कोभिड १९ परीक्षण नेगेटिभ प्रमाण भएका यात्रु सिधै घर जान मिल्ने गरि शर्त राखेपनि सरकारले किन क्वारेन्टाइनको अभाव देखाएर ८ सय जना मात्र आउन मिल्ने भन्दै रोक्यो भनी प्रश्न गरेका छन् । सरकारले कमिसनको खेलमा एकातिर केही फ्लाइटलाई मात्रै अनुमति दिने र अर्का तिर कोटा संख्या तोकेर जनतालाई अझै थप समस्यामा पारेकोमा प्रबासी नेपालीहरु आक्रोशित भएका छन् । यूएईको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड , इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरुले आफ्नै खर्चमा सबैलाई कोरोना परीक्षण गरि नेपाल पठाउन तयार भए पनि ट्राभलहरु बाट टिकट लिदा अत्यन्तै महँगो पर्ने अनि भने जति टिकट पनि नपाउने एनआरएनए यूएईले जनाएको छ । त्यस्तै महँगैमा कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि नेपाल सरकारको ८ सय जना मात्र आउन पाउने नियमले चार्टर अनुमति नपाएर कम्पनी भित्रै थप नेपाली श्रमिकहरु अलपत्र पर्न थालेको जनाएको छ ।यूएईमा भिसा सकिएको , भिसा क्यान्सिल भएकाहरुको जरिवाना लाग्न सुरु भइसकेकाले अझै थप समस्या हुन थालेको उनीहरुले बताएका छन् । यसघि पनि जरिवाना तिर्न नसकेर १७ नेपाली स्वदेश फर्कन सकेका थिएनन् । यूएईस्थित नेपाली दूतावासका अनुसार हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी रहेको छ । अहिले करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन । साउदीस्थित नेपाली दूतावास रियादमा नाम रजिस्टर गरि स्वदेश फर्कन प्रतिक्षारत नेपालीहरु धेरै भएको हुनाले टिकट लिन आउनेको भिड कन्ट्रोल गर्न हम्मेहम्मे परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई…पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना…आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित)तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह