Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाक्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार

क्यालिफोर्नियामा भिषण आगलागी, २ सयलाई हेलिकप्टरबाट उद्धार


क्यालिफोर्निया — क्यालिफोर्नियामा लागेको भिषण आगलागीको कारण २ सय जना भन्दा ज्यादालाई उदग्रविमान(हेलिकप्टर)बाट उद्धार गरिएको छ । क्यालिफोर्नियाको सियरा राष्ट्रिय वन को लोकप्रिय शिविर स्थल क्षेत्रमा द्रुत गतिले चलेको जंगली आगोमा फसे पछि आइतवारको बिहान २०० भन्दा बढी व्यक्तिलाई सुरक्षाको लागि उदग्रविमानबाट ओसारिएको छ ।

तापक्रम अत्यधिक बढेको कारण थुप्रै आगलागीहरू भएका छन् र उक्त क्षेत्र पनि चपेटामा परेको हो । क्यालिफोर्निया कार्यालयको आपतकालीन सेवाहरूले ब्ल्याक हक र चिनूक उदग्रविमान(हेलिकप्टर)हरू उद्धारका लागि प्रयोग गरिएका थिए । शनिबार साँझबाट उद्धार शुरू भएको थियो र रातभर जारी राखिएको थियो ।

कम्तिमा दुई व्यक्ति गम्भीर घाइते भएका छन् भने १० जना भन्दा अधिकलाई मध्यम खालको चोटपटक लागेको छ । क्रीक फायर नामको जंगली आगो गत शुक्रबार शुरु भएको थियो भने शनिबार दिउँसो सम्म ५६वर्ग मील (१४५ वर्ग किलोमिटर) मा फैलिएको छ ।

उत्तर क्यालिफोर्नियाबाट करिव २९० किमि दूरीमा रहेको क्षेत्रमा रहेका कम्तिमा २ हजार संरचनाहरु खतरामा परेका छन । जहाँको तापक्रम ११७ डिग्री (अर्थात् ४७ सेल्सियस ) पुगेको छ । –  सीएनएन


क्याटेगोरी : ग्लोबल, अमेरिका, समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस