गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई जीएनएन भदौ २०, २०७७ गते २१:२० मा प्रकाशित कुवेत -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन।उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान मार्फत स्वदेश फर्काइएको हो।प्रमोदलाई लुम्बिनी समाज कुवेतका पूर्ब अध्यक्ष रुपेन्द्र बिक्रम हमालले दुताबासमै गएर ब्यक्तिगत रुपमा ०४ सेप्टेम्बर,२०२० बेलुकि ह्विलचेयर सहयोग गरेका थिए।मेई ०९,२०२०का दिन नचिनेको मान्छेले कम्पनिको आबासको चौथो तल्लाको झ्यालबाट फालिदिए पछि प्रमोदलाइ कुवेत प्रहरीले कुवेतको आदान अस्पतालमा भर्ना गरेको अस्पतालको रेकर्डमा देखिन्छ।उनको ढाडको मेरुदण्ड पुरै भाच्चिएको र त्यसकै कारणले आधा प्यारलाइसिस भएको डाक्टरको भनाइ छ।उनको उपचारमा संलग्न डाक्टरले भने”अस्पताल ल्याउदा बेहोस अबस्थामा रहेका प्रमोदको स्वास्थ्यमा हामिले सके सम्म उपचार गरिरहेका छौ।उनको ढाडको सल्यकृया सफल भयो तर ढाडको मेरुदण्ड भाच्चिएकै कारण खुट्टाहरु राम्रो चल्दैन अब उनलाइ नेपाल पुर्याएर थेरापी गर्दा क्रमिक सुधार आउँछ भन्ने हाम्रो अनुमान छ।”प्रमोद सदा घटनाको बारे आफू अनभिज्ञ रहेको बताउदै भन्छन” म रातिको १/२ बजे झ्याल खोलेर मोबाइल चलाएर उभिएको थिए।धेरै जना कम्पनिको क्याम्पको एउटै फ्लायाटमा सुत्ने भएकोले ढोका बन्द गर्ने गरिएको थिएन।मास्क लगाएको मान्छे आएर मलाई एक्कासि झ्यालबाट फालिदिएको मात्र थाहा छ, त्यस पछि के भयो मलाई केही थाहा छैन।”उनी थप्छन”अस्पताल ल्याएको करिब एक महिना पछि होस आउदा आफुलाई यस्तो अबस्थामा पाएँ।म संग कसैको दुस्मनी थिएन तर खोइ म गरिबलाई पीडा माथी पीडा थपियो।”उनले गम्भीर हुँदै भने श्रीमति, ३ जना बच्चाहरु, बुबा-आमा लगाएको हेरचाहा गर्ने म आफै यस्तो अबस्थामा फर्किदै छु।सम्पतीको नाममा बस्ने घडेरी सम्म छैन, कसरी गुजारा चलाउने होला।”यता निरन्तरको प्रयासका कारण कम्पनि र परिवार संग समन्वय गरेर प्रमोदलाई चार महिना अस्पताल राखेर उपचार गरि घर पठाउन सफल भएको नेपाली राजदूताबासले जनाएको छ।दूताबासका अनुसार कम्पनिलेनै घर सम्म जाने टिकट र उपचार खर्च ब्यहोरोको छ।नेपाल पुग्दा सम्म दुई जना नेपालीहरुले उडान अबधिभर रेखदेख गर्ने र प्रमोदको परिवारका सदस्यहरु एम्बुलेन्स लिएर नेपाल एयरपोर्टमा लिन आउने ब्यबस्था मिलाइएको छ।नेपालको मुसहर समुदायका प्रमोद कुमार सदाईलाई जस्तो वैदेशिक रोजगारिको क्रममा हुने घटना र दुर्घटनाहरुबाट अंग-भंग हुनेहरुलाई नेपाल सरकारले क्षतिपूर्ति र उपचार तथा आर्थिक सहयोगको ब्यबस्था गरोस र कुनै पनि श्रमिक दाजुभाइ-दिदिबहिनीहरुले यस्तो अबस्थाको सामना गर्न नपरोस।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?