गृहपृष्ठ ∕ समाचार ∕ अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान जीएनएन भदौ २०, २०७७ गते २१:१५ मा प्रकाशित काठमाडौं – ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियाे।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। गीतासँग प्रेम अफेयरमा रहेको कुरा निर्मल स्वयंले स्वीकारेको प्रहरीले जानकारी दिएको छ।श्रीमानसँग गीताको सम्बन्ध राम्रो नभएको पनि प्रहरी अनुसनधानबाट खुलेको छ। सोहीकारण निर्मलले गीतालाई हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक केसीले निर्मललाई पैसासमेत राख्न दिएकी थिइन्। उक्त पैसा फिर्ता मागेपछि निर्मलले हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार मृतकको श्रीमान घरमा नभएको बेला निर्मल आउने जाने गरेका थिए। मृतक केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ। उनी उक्त अस्पतालमा ‘हाउस किपिङ’को रुपमा कार्यरत थिइन्।मृतक केसीलाई भतिजा निर्मलले नै अस्पताल लगिदिने र ल्याइदिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक केसीले हत्या भएको दिन श्रीमानलाई ढाँटेर आफू अस्पताल जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी अस्पताल नगइ भतिजा निर्मलसँग जंगल गइ केही समय उनीहरु एकान्तमा गएर बसेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट