Techie IT
×
गृहपृष्ठग्लोबलगल्फयुएई-काठमाडौं उडानको नयाँ तालिका सार्वजनिक

युएई-काठमाडौं उडानको नयाँ तालिका सार्वजनिक


युएइ — युएईका लागि नेपाली दुतावास अबुधाबीले युएई-काठमाडौंको नियमित हवाइ उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । दूतावासले सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बर सम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

नेपाल सरकारले सेप्टेम्बर देखि नेपाली नागरिक र तोकिएका विदेशी पदाधिकारीहरुलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय पश्चात् उडान तालिका सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको उडान तालिका अनुसार हिमालयन एयरलाइन्सले सबै भन्दा बढि ९ उडान अबुधाबीबाट सेप्टेम्बर ५, ८, १२, १५, १९, २१, २२, २६ र २९ नेपाल एयरलाइन्सले ७ उडान दुबईबाट सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ मा उडान भर्ने छ । यसैगरी एयर अरेबियाले ६ उडान सेम्टेम्बर ६, १३, १८, २०, २७ र ३० मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईले सेप्टेम्बर ८, ११, १५, २२, २५ र २९ मा दुबईबाट नेपालका लागि उडन भर्नेछ ।

उडान तालिका सार्वजनिक गर्दै दूतावासले नेपाल जानको लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । यसैगरी युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ बताएको छ ।

इन्ट्री फारम https://ccmc.gov.np/arms/login.php मा लगिन गरेर भर्न सकिन्छ । यात्रुले नेपाल फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने दुतावासको सुचनामा बताएको छ ।


क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस