गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दैनिक ५ हवाई उडानको माग गर्दै यूएईका ४४ सँघ संस्थाहरुद्वारा प्रधानमन्त्रीलाई पत्र दैनिक ५ हवाई उडानको माग गर्दै यूएईका ४४ सँघ संस्थाहरुद्वारा प्रधानमन्त्रीलाई पत्र सुर्य बहादुर खवास भदौ १९, २०७७ गते ५:४३ मा प्रकाशित यूएई — कोभिड १९ को महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरुलाई स्वदेश फर्काउन दैनिक ५ हवाई उडानको माग गर्दै यूएईमा कृयाशिल ४४ सँघ संस्थाको तर्फबाट नेपाली समाज यूएईले एक पत्र लेख्दै नेपाली दूतावास मार्फत सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई पत्र पठाएको छ ।समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा सामान्य अवस्थामा ४ सयको हाराहारीमा उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हात्तीको मुखमा जीरा भएको जिकिर गरिएको छ ।चार लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको यूएईमा कोभिड १९ का कारण रोजगार गुमाएका कारण नेपाल फर्कन चाहानेको संख्या ५० हजार भन्दा बढी रहेको बताइएको छ । हाल सम्म १५ हजार भन्दा बढी नेपाल फर्किएको र अझै ३५ हजार नेपालिहरु नेपाल फर्कन नपाएर अलपत्र परेको जनाईएको छ ।यूएई सरकारले दिएको आम माफीको समयावधि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने पत्रमा जिकिर गरिएको छ ।नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको उक्त पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ । पत्रमा समाजमा आवद्ध यूएईमा कृयाशिल ४४ वटा संस्था प्रमुखहरुले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न