गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दैनिक ५ हवाई उडानको माग गर्दै यूएईका ४४ सँघ संस्थाहरुद्वारा प्रधानमन्त्रीलाई पत्र दैनिक ५ हवाई उडानको माग गर्दै यूएईका ४४ सँघ संस्थाहरुद्वारा प्रधानमन्त्रीलाई पत्र सुर्य बहादुर खवास भदौ १९, २०७७ गते ५:४३ मा प्रकाशित यूएई — कोभिड १९ को महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरुलाई स्वदेश फर्काउन दैनिक ५ हवाई उडानको माग गर्दै यूएईमा कृयाशिल ४४ सँघ संस्थाको तर्फबाट नेपाली समाज यूएईले एक पत्र लेख्दै नेपाली दूतावास मार्फत सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई पत्र पठाएको छ ।समाजका अध्यक्ष गोबिन्द ढकाल र महासचिव बेद प्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा सामान्य अवस्थामा ४ सयको हाराहारीमा उडान हुने मुलुकबाट नियमित उडानको नाममा १८ वटा मात्र उडान हुनु हात्तीको मुखमा जीरा भएको जिकिर गरिएको छ ।चार लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेको यूएईमा कोभिड १९ का कारण रोजगार गुमाएका कारण नेपाल फर्कन चाहानेको संख्या ५० हजार भन्दा बढी रहेको बताइएको छ । हाल सम्म १५ हजार भन्दा बढी नेपाल फर्किएको र अझै ३५ हजार नेपालिहरु नेपाल फर्कन नपाएर अलपत्र परेको जनाईएको छ ।यूएई सरकारले दिएको आम माफीको समयावधि सकिन लागेकोले कम्तिमा मासिक १ सय ५० उडान हुनु पर्ने पत्रमा जिकिर गरिएको छ ।नेपाली दुताबास अबुधावी मार्फत प्रेषित गरिएको उक्त पत्रमा पर्यटन मन्त्री र श्रम मन्त्रीलाई समेत सम्बोधन गरिएको छ । पत्रमा समाजमा आवद्ध यूएईमा कृयाशिल ४४ वटा संस्था प्रमुखहरुले पनि संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल