Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारलकडाउनले दाङका बजार सुनसान

लकडाउनले दाङका बजार सुनसान


दाङ — कोरोना संक्रमण समुदायस्तरका फैलिएपछि दाङ जिल्ला सोमबारबाट लकडाउन गरिएको छ ।

लकडाउन भए सङ्गै आज लकडाउनको पहिलो दिन दाङका बजारहरु निकै सुनसान रहेका छन् भने मानिसहरुको आवागमन समेत वन्द देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले भदौ २१ गते राती १२ बजे सम्म लकडाउने गरेको छ। जथाभावी हिड्डुल गर्ने मानिसलाई नियन्त्रण गर्ने, अत्यावश्यक सेवा बाहेक सबै सवारी साधनलाई नियन्त्रण गर्ने तथा एक साता सम्पुर्ण ब्यापार ब्यबसाय बन्द गर्ने दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन। 

तर लकडाउन एक साता भन्दा बढी थप्नु पर्ने अवस्था आएमा एकदिन किराना पसल खोलिने उनको भनाइ छ । दाङमा कोरोना संक्रमितको संख्या वृद्धि भएमा एक साता पछि पनि लकडाउनको समय थप गरिने तर संक्रमितको संख्यामा कमी हुन गएमा लकडाउन खोलिने प्रजिअ रिजालले स्पष्ट पारेका छन ।

अत्यावश्यक काममा बाहेकका काममा अहिके सबै किसिमका इ सवारी पास प्रदान पनि बन्द गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस