Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कोरोना भाइरसका बिरुद्द दिनरात खटिने स्वास्थ्यकर्मी माथि आइसोलेशनमै विभेद

कोरोना भाइरसका बिरुद्द दिनरात खटिने स्वास्थ्यकर्मी माथि आइसोलेशनमै विभेद


दाङ — दाङका एक स्वास्थ्यकर्मीले आफु कोरोन संक्रमण पुष्टि भएपछी आइसोलेशनमा आफु माथि अन्याय भएको गुनासो गरेका छन्।

स्वास्थ्य सस्थामा काम गर्दा गर्दै कोरोना संक्रमित भएपछी उनलाई बेलझुण्डी स्थित कोरोना अस्पतालमा लगिएको छ। त्यहाँ बस्नेत सहित सात जना एउतै कोठामा राखिएको,सातै जनाले प्रयोग गर्ने शौचालय समेत एउतै भएको भन्दै गुनासो सामाजिक संजालमा सार्बजनिक गरेका छन्।

म एउटा नेपाल सरकारको स्वा.कर्मी हो । म तुल्सिपुर उपमहानगरपालिका वडा न ११ अन्तर्गत उरहरी स्वा.चौकी दाङमा कार्यरत छु । कहिले क्वारेन्टाइन त कहिले हेल्थ डेस्क त कहिले स्वास्थ्य सस्थामा काम गर्दा गर्दै अनि कोभिड 19 को विरुद्धमा लड्दा लड्दै तुल्सिपुर उपमहानगरपालिका अन्तर्गत कोभिड 19 बाट संमक्रमित हुने म पहिलो स्वास्थ्य कर्मी बन्न पुगेको छु ।

म नेपाल सरकार, स्वास्थ्य प्रबर्द्धन शाखा, तुल्सिपुर उपमहानगरपालिका र समुदायबाट विभेद, अन्याय र तिरस्कारको अखाडा बन्छु होला भन्ने कल्पना समेत गरेको थिएन ! सायद कल्पना गरेको भय PCR test नै गराउदैन थिय होला चाहिदा सम्म भाडो नचाहिदा ठाडो भन्ने उखान आज चरितार्थ भयको छ । जुन आज मेरो घर परिवार, माइती, दिदी बहिनी, आफन्त इस्ट्मित्र लाई चिन्तै चिन्ताको अखाडा बनाएको छु अझ भन्नू पर्दा गाउँ समुदायलाई अबिशाप प्रदान गरेको आभास मलाइ भैरहेको छ । सोच्थे कोभिड 19 हाउगुजी नै हो तर एउटा सामान्य रुघाखोकी हो यहाँ मान्छे महामारीले होइन महाआतंकले अनि गाउँ समाज समुदाय बाट हुने गरेको अन्याय अत्याचार विभेद र तिरस्कारले गर्दा मान्छेको दिनप्रतिदिन मृत्युबरन गरिरहनु परेको आभास मलाई मिलिरहेको छ ।

मलाइ लाग्थ्यो यो सन्सारमा म मात्रै कोभिड 19 बाट संक्रमित छु भनेर तर दोस्रो पटकको PCR जब राप्ती पार्दशिक अस्पताल तुल्सिपुरमा गरिय पच्चात २ जना डक्टर लगायत 9 जना स्वास्थ्य कर्मी कोभिड 19 पोजेटिभ आयपछी उहाँहरुलाइ होम आइसुलेसनमा राखियो सायद ७० लाख खर्च गरेर डक्टर पढेको भयर होला । म त्यसमा चित्त बुझाउला सहुला तर अन्य स्वास्थ्य कर्मिलाइ पनि होम आइसुलेसनमा राखियो के यसरी होम आइसुलेसनमा राख्दा समुदायमा नराम्रो असर पर्दैन ? के समुदायले राख्न स्वीकार गर्छ के समुदायमा नकारात्मक असर पर्दैन ? यसको मुल्यांकन कसले गर्ने ? यदि असर पर्दैन भने मलाइ होम आइसुलेसनमा बस्न किन दिइन ? र के म तुल्सिपुर नगरपालिका अन्तर्गतको पहिलो कोभिड-१९ को सम्क्रमित स्वास्थ्य कर्मि भयकै कारणले कोरोना अस्पताल बेल्झुन्डिमा सडकमा हिड्ने पाल्तु कुकुर झै हुलियको हो ? को पहिला आयो को पछि आयो त्यसको कुनै लेखाजोखा छैन ट्वालेट एउटै बाथरुम एउटै ७-७ जना एउटै रुममा सबै पोजेटिभ भनेर एउटैमा हुलिएको हो ? अब भन्नू होस हामी त कोभिड-१९ जितेर घर फर्किउला तर दिर्घरोगी,वृद्ध र बुढापाखा कसरी कोभिड-१९ जितेर फर्किन्छन होला ? मनमा गम्भीर प्रश्न उभिएको छ ।

मैले गर्दा २९ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग  गर्नु पर्यो भनेर जिम्मेवार ब्यक्तिले गाली गर्दै हिड्ने के उस्को घरको सम्पती सक्नु परेको छ ? के उस्को पकेट्को पैसा सकियको हो ? के म नेपाल सरकारको स्वास्थ्य कर्मी होइन ? कोभिड -१९ को विरुद्धमा लडेको ब्यक्ति थियन ? के स्वा.कर्मीमाथी राज्यले गर्ने व्यबहार यहि हो ? सबै राजनीतिक दल ,जनप्रतिनिधि, सरोकारवाला, स्वा.महाशाखा, तुल्सिपुर उपमहानगरपालिका राज्य र पत्रकारहरु लाई प्रश्न गर्न मन लागिरहेको छ ? स्वास्थ्यकर्मिले स्वास्थ्यकर्मी माथी गरियको यो बिभेद्को घोर भर्सना गर्दछु । र पत्रकार ज्युहरुलाई समुदायस्तर सम्म पुर्याइ दिनको लागि हार्दिक अपिल गर्दछु ।

खड्ग बहादुर बस्नेत
अ.हे.ब.
कोरोना अस्पताल बेल्झुन्डीको
बन्दकोठाबाट


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस