Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरकारविरुद्ध बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन

सरकारविरुद्ध बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन


लण्डन — कोरोना भाइरसमाथि राजनीति भएको र नागरिकलाई भ्रम फैलाउदै सरकारले थुन्ने काम गरेको भन्दै जर्मनीको बर्लिन र बेलायतको लण्डनमा विशाल जनप्रदर्शन भएको छ ।

भएको प्रर्दशनमा उनीहरुले सरकारले कोरोनाबारे भ्रम फैलाउदै नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै स्वतन्त्रताको आवाज उठाएका छन् । लण्डनमा अहिलेपनि हजारौंले सडक जनप्रदर्शन गरिरहेका छन् । सरकारले कोरोनाबारे डर देखाएको र गलत सूचना दिएको उनीहरुको आरोप छ ।

बर्लिनमा प्रर्दशन गरिरहेका स्वतन्त्र नागरिको समूहलाई प्रहरीले तितरबितर पारेको छ । लण्डनमा भइरहेको जनप्रर्दशमा सहभागीहरुले कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृत्यु हुने भनेर सरकारले झुटो रिर्पोट सार्वजनिक गरेको आरोप लगाएका छन् । – बिबिसी


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस