Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसाउदीमा ९२ प्रतिशत कोरोना संक्रमित निको

साउदीमा ९२ प्रतिशत कोरोना संक्रमित निको


साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित घट्ने क्रम जारी रहेको छ । भने झन्डै ९२ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भैसकेका छन् ।

यसै क्रममा शनिबार ९८७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रवक्ताका डा.अब्दुलीका अनुसार कोरोना भाइरस संक्रमित कुल संख्या तीन लाख १३ हजार ९११ पुगेका छन् ।

लगातार नयाँ संक्रमित घट्नेक्रम झन्डै पछिल्लो दुई हप्तादेखि जारी रहेपनि गत मंगलबार र बुधबार कोरोना भाइरस नयाँ बढेको थियो ।

त्यसैगरी आज यहाँ कोरोना भाइरसको उपचारपछि १ हजार ३८ जना निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म उपचारपछि दुई लाख ८८ हजार ४४१ जनाको सफल उपचारपछि घर फर्किसकेका छन् ।

प्रवक्ता भन्छन् ,’ कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार ६३० जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचार लिइरहनु भएको छ ।’

उनका अनुसार कोरोना भाइरसबाट शनिबार मृत्यु हुनेको संख्या घटेर २८ जनामा झरेको छ । अहिलेसम्म उपचारका क्रममा कोरोनाबाट ३ हजार ८४० जनाको मृत्यु भैसकेको प्रवक्ता डा.अब्दुली बताए । यसअघि दैनिक कोरोनाबाट ३५, ४० जनाको मृत्यु हुँदै आएको थियो ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ५१ जना धेरै छन् । साउदीमा गत मार्च २ तारीखबाट कोरोना भाइरस शुरु भएको थियोे ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाएको छ।


क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस