साउदीमा ९२ प्रतिशत कोरोना संक्रमित निको
साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित घट्ने क्रम जारी रहेको छ । भने झन्डै ९२ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भैसकेका छन् ।
यसै क्रममा शनिबार ९८७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रवक्ताका डा.अब्दुलीका अनुसार कोरोना भाइरस संक्रमित कुल संख्या तीन लाख १३ हजार ९११ पुगेका छन् ।
लगातार नयाँ संक्रमित घट्नेक्रम झन्डै पछिल्लो दुई हप्तादेखि जारी रहेपनि गत मंगलबार र बुधबार कोरोना भाइरस नयाँ बढेको थियो ।
त्यसैगरी आज यहाँ कोरोना भाइरसको उपचारपछि १ हजार ३८ जना निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म उपचारपछि दुई लाख ८८ हजार ४४१ जनाको सफल उपचारपछि घर फर्किसकेका छन् ।
प्रवक्ता भन्छन् ,’ कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार ६३० जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचार लिइरहनु भएको छ ।’
उनका अनुसार कोरोना भाइरसबाट शनिबार मृत्यु हुनेको संख्या घटेर २८ जनामा झरेको छ । अहिलेसम्म उपचारका क्रममा कोरोनाबाट ३ हजार ८४० जनाको मृत्यु भैसकेको प्रवक्ता डा.अब्दुली बताए । यसअघि दैनिक कोरोनाबाट ३५, ४० जनाको मृत्यु हुँदै आएको थियो ।
आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ५१ जना धेरै छन् । साउदीमा गत मार्च २ तारीखबाट कोरोना भाइरस शुरु भएको थियोे ।
यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।
साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाएको छ।
क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking, #corona
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस