Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने

मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा न्यौपाने


दाङ — नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघका केन्द्रिय सदस्य तथा काङ्ग्रेस नेतृ गिरिजा देबी न्यौपाने मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ को संयोजकमा चयन भएकी छन ।

नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी तथा नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको उद्देश्यबाट अभिप्रेरित भई २०७४ सालमा स्थापना गरिएको मंगलादेवी स्मृति प्रतिष्ठानमा बसेको बैठकले नेतृ न्यौपानेलाई प्रदेश नं. ५ को संयोजकमा चयन गरेको हो ।

मंगलादेवी स्मृति प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, साक्षरता तथा महिलावर्गलाई आत्मनिर्भर बनाउने विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।

न्यौपाने नेपाली काँग्रेस जिल्ला कार्यसमितिकी दाङको सदस्य , नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाको उपनिर्वाचनकी उम्मेदवार समेत हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस