Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने

दाङमा आईतबार राति १२ बजेदेखि २१ गते सम्म लकडाउन हुने


दाङ — दाङमा आईतबार देखि लकडाउन हुने भएको छ । कोभिड–१९ शंकट व्यबस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आईतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आईतबार राति १२ बजेदेखि शुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ ।

लकडाउनको समयमा अतिआबश्यक बाहेक अन्य गतिबिधि गर्न पाईने छैन् । सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाईने छैन्, भने होटेल, रेष्टुरेन्ट, तथा बैंकहरु समेत बन्द हुनेछन् ।

सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैंक भने खुल्ने छन् । साथै थोरै कर्मचारी राखेर अतिआबश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गरिने उनले बताए । साथै अबस्था अनुसार लकडाउनलाई थप गर्न पनि सकिनेछ । लकडाउनको अबधीमा कोरोना परीक्षणको दायरा समेत बढाईनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस