गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल दीप संञ्चार भदौ १०, २०७७ गते १९:३४ मा प्रकाशित तुलसीपुर — तुलसीपुरमा समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा वढाउने निर्णय गरेको छ ।यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा शिल गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरिएको छ । “तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ ” नगरप्रमुख पाण्डेले भने ।उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी गराए ।यसैविच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परिक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने नगरप्रमुख पाण्डेले जानकारी दिए । “अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिनेछ त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुनेछ ।” पाण्डेले भने ।उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि वढाइएको उल्लेख गर्दै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने वताए । “संक्रमणको सम्भावना भएकाले अत्यावश्यक काम बाहेक बाहिर नआउनका लागि सबै जनतामा अपिल गर्दछु” उनले भने ।जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै वसिदिन समेत सबैलाई अनुरोध गरिएको छ । वडा कार्यालयदेखि सबै सरकारी कार्यालयहरुमा पनि संवेदनशिलता अपनाउने उनले अनुरोध गरे ।बैठकमा उपप्रमुख माया शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !