गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल तुलसीपुरको विपद् आपतकालिन बैठक-तुलसीपुरमा इलाका प्रशासन कार्यालय र स्वास्थ्य चौकी शिल दीप संञ्चार भदौ १०, २०७७ गते १९:३४ मा प्रकाशित तुलसीपुर — तुलसीपुरमा समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपमहानगरपालिकामा आपतकालिन बैठक बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले तत्काल कोरोना परिक्षणको दायरा वढाउने निर्णय गरेको छ ।यसका साथै संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा शिल गर्नका लागि सम्वन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरिएको छ । “तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ आएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको छ ” नगरप्रमुख पाण्डेले भने ।उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी गराए ।यसैविच तुलसीपुर उपमहानगरपालिकाले ठूलो परिमाणमा सामुदायिकस्तरमा कोरोना परिक्षण गरेर के गर्ने भन्ने निर्णय गर्ने नगरप्रमुख पाण्डेले जानकारी दिए । “अहिलेलाई तत्काल कन्ट्याक्ट टे«सिङ्ग र सामुदायिक स्तरमा धेरै संख्यामा परिक्षण गरिनेछ त्यसपछिको नतिजाले के गर्ने भन्ने निर्णय हुनेछ ।” पाण्डेले भने ।उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि वढाइएको उल्लेख गर्दै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने वताए । “संक्रमणको सम्भावना भएकाले अत्यावश्यक काम बाहेक बाहिर नआउनका लागि सबै जनतामा अपिल गर्दछु” उनले भने ।जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै वसिदिन समेत सबैलाई अनुरोध गरिएको छ । वडा कार्यालयदेखि सबै सरकारी कार्यालयहरुमा पनि संवेदनशिलता अपनाउने उनले अनुरोध गरे ।बैठकमा उपप्रमुख माया शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल