गृहपृष्ठ ∕ समाचार ∕ दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना दीप संञ्चार भदौ ९, २०७७ गते ६:४९ मा प्रकाशित दाङ — दाङमा सोमवार लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका–१५ को हस्पीटल रोडमा रहेको लक्ष्मी बैकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको हो ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैंकको स्थापना गरेको काउन्टरमा कार्यरत दुई जना पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।‘प्रतिष्ठानको गेटभित्रै स्थापना गरिएको काउन्टरमा काम गर्ने कर्मचारीहरु जोखिममा रहेकाले उहाँसहित अन्य ८ जनाको स्वाव संकलन गरिएको थियो’–प्रमुख घर्तिले भने–‘परिक्षणका क्रममा तीन जनामा संक्रमण देखिएको हो ।’ संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भैरहेको समेत उनले जानकारी दिएका छन् ।उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिएका छन् । कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको उनले बताए । यसअघि घोराही उपमहानगरपालिका–१५ सहिदगेटमा रहेको कर्णाली विकास बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उक्त बैंक सिल गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप