गृहपृष्ठ ∕ समाचार ∕ दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना दाङमा लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना दीप संञ्चार भदौ ९, २०७७ गते ६:४९ मा प्रकाशित दाङ — दाङमा सोमवार लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । घोराही उपमहानगरपालिका–१५ को हस्पीटल रोडमा रहेको लक्ष्मी बैकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको हो ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैंकको स्थापना गरेको काउन्टरमा कार्यरत दुई जना पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।‘प्रतिष्ठानको गेटभित्रै स्थापना गरिएको काउन्टरमा काम गर्ने कर्मचारीहरु जोखिममा रहेकाले उहाँसहित अन्य ८ जनाको स्वाव संकलन गरिएको थियो’–प्रमुख घर्तिले भने–‘परिक्षणका क्रममा तीन जनामा संक्रमण देखिएको हो ।’ संक्रमितहरुलाई आइसोलेसनमा राख्ने तयारी भैरहेको समेत उनले जानकारी दिएका छन् ।उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिएका छन् । कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको उनले बताए । यसअघि घोराही उपमहानगरपालिका–१५ सहिदगेटमा रहेको कर्णाली विकास बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उक्त बैंक सिल गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्युबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जसपा फुटको संघारमा ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त इमर्जिङ नेपालको शेयर खुल्यो यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग कांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने प्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ?