गृहपृष्ठ ∕ समाचार ∕ दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने सुर्य बहादुर खवास भदौ ७, २०७७ गते २०:३९ मा प्रकाशित युएई — युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन । नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि आईतवारका लागी उडान अनुमति दिएको हो ।गत १८ अगष्टका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्कन एयरपोर्ट पुगेका २ सय ६२ जना यात्रु नेपाल सरकारले उडान अनुमती रद्द गर्दा दुबई एयरपोर्टमै बिचल्लीमा परेका थिए । यसरी बिचल्लीमा परेका यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।आईतवार नेपाल जाने पाउने भएपनी उनीहरुले पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यस अघि कोरोना परिक्षण गरेका यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि सकिएकाले २ दिन भित्र पुनः आरडीटी पीसीआर टेस्ट गर्नुपर्ने एयरलाइन्सले बताएको छ । कम्पनीबाट बिदा भएर विमानस्थल पुगेकाहरु यात्रुहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका थिए । न त उनिहरु फर्किएर कम्पनी नै जान सक्थे नत उनिहरु सँग खानकोलागी प्रयाप्त पैसा नै थियो ।यस्तो अवस्थामा शुरुवाती दिन बाटै राहत जुटदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई तथा विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुले यात्रुहरुलाई खान र बस्नको व्यवस्था गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान भने नेपाल फर्कन तयार रहेका यात्रुहरुलाई दुबईमा नै छाडेर रित्तै फर्किएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप