गृहपृष्ठ ∕ समाचार ∕ दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने दुबई विमानस्थलमा अलपत्र यात्रुको लागि आईतवार उडान हुने सुर्य बहादुर खवास भदौ ७, २०७७ गते २०:३९ मा प्रकाशित युएई — युएईबाट चार्टर उडान मार्फत नेपाल फर्कन लागेका नेपालिहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा दुबई एयरपोर्टमा अलपत्र परेका अन्ततः आईतवार नेपाल फर्कने भएका छन । नेपाल सरकारको अपरिपक्क निर्णयको चौतर्फी आलोचना भएपछि सरकारले दुबईबाट काठमाडौँको लागि आईतवारका लागी उडान अनुमति दिएको हो ।गत १८ अगष्टका दिन नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्कन एयरपोर्ट पुगेका २ सय ६२ जना यात्रु नेपाल सरकारले उडान अनुमती रद्द गर्दा दुबई एयरपोर्टमै बिचल्लीमा परेका थिए । यसरी बिचल्लीमा परेका यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।आईतवार नेपाल जाने पाउने भएपनी उनीहरुले पुनः कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यस अघि कोरोना परिक्षण गरेका यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि सकिएकाले २ दिन भित्र पुनः आरडीटी पीसीआर टेस्ट गर्नुपर्ने एयरलाइन्सले बताएको छ । कम्पनीबाट बिदा भएर विमानस्थल पुगेकाहरु यात्रुहरु अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका थिए । न त उनिहरु फर्किएर कम्पनी नै जान सक्थे नत उनिहरु सँग खानकोलागी प्रयाप्त पैसा नै थियो ।यस्तो अवस्थामा शुरुवाती दिन बाटै राहत जुटदै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई तथा विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुले यात्रुहरुलाई खान र बस्नको व्यवस्था गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान भने नेपाल फर्कन तयार रहेका यात्रुहरुलाई दुबईमा नै छाडेर रित्तै फर्किएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट