Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारवरिष्ठ परम्परागत चित्रकार प्रेममानको ७८ वर्षको उमेरमा निधन

वरिष्ठ परम्परागत चित्रकार प्रेममानको ७८ वर्षको उमेरमा निधन


काठमाडौं — वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ ।

नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उनको आज अपराह्न १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

यसैबीच प्रतिष्ठानले आज एक शोक वक्तव्य जारी गरी उनको निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदानको कामनासहित समवेदना प्रकट गरिएको छ ।

उनको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उनले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस