गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १९:२१ मा प्रकाशित रुपन्देही — रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए।शाहले शनिबार भैरहवामा १४ जना संक्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेका छन्।यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआइ बैंकका एक जना कर्मचारीमा मात्र संक्रमण पुष्टि भएको थियो।तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको शाहले बताए।कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ।यस्तै, शनिबार बुटवल उपमहानगर क्षेत्रमा तीन जना संक्रमित थपिएका छन्।शाहका अनुसार बुटवल ११ देवीनगरका २ जना छन् भने एक जनाको भने वडा नम्बर खुलेको छैन।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप