गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि रुपन्देहीको एसबिआई बैंकका १२ जना कर्मचारीमा कोरोना पुष्टि दीप संञ्चार साउन ३१, २०७७ गते १९:२१ मा प्रकाशित रुपन्देही — रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए।शाहले शनिबार भैरहवामा १४ जना संक्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेका छन्।यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआइ बैंकका एक जना कर्मचारीमा मात्र संक्रमण पुष्टि भएको थियो।तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको शाहले बताए।कर्मचारीमा संक्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ।यस्तै, शनिबार बुटवल उपमहानगर क्षेत्रमा तीन जना संक्रमित थपिएका छन्।शाहका अनुसार बुटवल ११ देवीनगरका २ जना छन् भने एक जनाको भने वडा नम्बर खुलेको छैन।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल