गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो दीप संञ्चार साउन ३१, २०७७ गते १७:१९ मा प्रकाशित काठमाडौ — नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले देशभर ४६८ जना संक्रमित थपिएको जानकारी दिए भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ।शनिबार थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदैराप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दैरिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ७आज माघे सङ्क्रान्ति मनाइँदै ८सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरियो—नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी ताजा अपडेट लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम असन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना हुनेछ विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत