साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको
कुल कोरोना निको हुनेको संख्या दुई लाख ५३ हजार नाघ्यो
साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्ने क्रमजारी छ । त्यसै क्रममा शुक्रबार १ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् ।साउदीभर उक्त संख्यामा कोरोना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कोरोना भाइरस कुल संक्रमित दुई लाख ९५ हजार ९०२ पुगेका छन् । कुल तीमध्ये २९ हजार ६०५ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेकै प्रवक्ता डा.अब्दुलीले बताए ।
त्यसैगरी शुक्रबार साउदीभर कोरोना भाइरसको उपचार गरिरहेका २ हजार ५६६ जना उपचारपछि निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना भाइरस कुल संक्रमित दुई लाख ६३ हजार ९५९ जना पुगेका छन् ।शुक्रबार यहाँ कोरोना भाइरसको उपचाररत ३५ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार साउदीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३३८ पुगेका छन् ।
आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि निको हुने १ हजार १८३ जना बढी छन् । यहाँ दुई हप्ता अघिदेखि कोरोना निको हुनेको संख्यामा वृद्धि आइरहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।
यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरेका छन ।
क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking, #corona
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस