गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको साउदीमा शुक्रबार थपिए १ हजार ३८३ कोरोना संक्रमित,२५ सय बढी निको कुल कोरोना निको हुनेको संख्या दुई लाख ५३ हजार नाघ्यो जीएनएन साउन ३१, २०७७ गते ८:१७ मा प्रकाशित साउदी अरेबिया — साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्ने क्रमजारी छ । त्यसै क्रममा शुक्रबार १ हजार ३८३ जना नयाँ संक्रमित थपिएका छन् ।साउदीभर उक्त संख्यामा कोरोना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कोरोना भाइरस कुल संक्रमित दुई लाख ९५ हजार ९०२ पुगेका छन् । कुल तीमध्ये २९ हजार ६०५ जना संक्रमितहरु यहाँको विभिन्न अस्पतालहरुमा उपचार भइरहेकै प्रवक्ता डा.अब्दुलीले बताए ।त्यसैगरी शुक्रबार साउदीभर कोरोना भाइरसको उपचार गरिरहेका २ हजार ५६६ जना उपचारपछि निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोना भाइरस कुल संक्रमित दुई लाख ६३ हजार ९५९ जना पुगेका छन् ।शुक्रबार यहाँ कोरोना भाइरसको उपचाररत ३५ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार साउदीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३३८ पुगेका छन् ।आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा कोरोना भाइरसको उपचारपछि निको हुने १ हजार १८३ जना बढी छन् । यहाँ दुई हप्ता अघिदेखि कोरोना निको हुनेको संख्यामा वृद्धि आइरहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरेका छन ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट