गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त दीप संञ्चार साउन ३०, २०७७ गते २१:०९ मा प्रकाशित काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आइएमईमा फर्केका हुन् ।सञ्चालक समितिको निर्णयसँगै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकमा मर्जरलाई उचाइमा पुर्याउने काम बज्राचार्यले नै गरेको भन्दै अब बिग मर्जरको सिनर्जी ल्याउन उनलाई फेरि भित्र्याइएको बताए ।यसअघि, ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको सवैभन्दा ठूलो बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिएपछि ग्लोबल आइएमई बैंकको सिइओ पद रिक्त थियो । बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालले कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।बैंङ्किङ क्षेत्रमा ४० वर्ष लामो अनुभव भएका बज्राचार्य सनराइज बैंक अगाडी ग्लोबल आइएमई बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्य वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’