गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त दीप संञ्चार साउन ३०, २०७७ गते २१:०९ मा प्रकाशित काठमाडौं — ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका बज्राचार्य यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आइएमईमा फर्केका हुन् ।सञ्चालक समितिको निर्णयसँगै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले बैंकमा मर्जरलाई उचाइमा पुर्याउने काम बज्राचार्यले नै गरेको भन्दै अब बिग मर्जरको सिनर्जी ल्याउन उनलाई फेरि भित्र्याइएको बताए ।यसअघि, ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको सवैभन्दा ठूलो बैंकको कार्यकारी नेतृत्व पर्शुराम कुंवरले गरीरहेका थिए । कुंवरले राजिनामा दिएपछि ग्लोबल आइएमई बैंकको सिइओ पद रिक्त थियो । बैंकका वरिष्ठ डेपुटी सिइओ महेश ढकालले कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।बैंङ्किङ क्षेत्रमा ४० वर्ष लामो अनुभव भएका बज्राचार्य सनराइज बैंक अगाडी ग्लोबल आइएमई बैंककै प्रमुख कार्यकारी अधिकृत थिए । बज्राचार्य वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल