Techie IT
×
गृहपृष्ठसमाचारनासर अल अली कम्पनिले लामो समय सेवारत नेपाली कर्मचारीहरुलाई नगदले पुरस्कृत गर्‍यो

नासर अल अली कम्पनिले लामो समय सेवारत नेपाली कर्मचारीहरुलाई नगदले पुरस्कृत गर्‍यो


दोहा – नासर अल अली कम्पनिले लामो समय सेवारत नेपाली कर्मचारीहरुलाई नगदले पुरस्कृत गरयो ।

आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले हिजो आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई करी १५ हजार प्रदान गरी सम्मानित गरयो ।

नासर अली अल अली, कम्पनीका मालिकले एक कार्यक्रमका विच ती कर्मचारीहरुलाई नगद हस्तान्तरण गरेका थिए । कम्पनीका मालिक नासर अली अल अली भन्छन् “मलाई गर्व लाग्छ कि गत १० बर्षको सेवामा यी कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत योगदान पुर्याइकाछन् ।

उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकन कम्पनी व्यवस्थापन मार्फत म मेरो प्रत्येक कर्मचारीलाई करी १५ हजार प्रदान गर्दछु । मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिबद्धतालाई आगामी दिनमा पनि जारी राख्नेछन्।

पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारसँग सम्बन्धित छन । उनीहरु २००९ मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेकाछन् । अबिर बहादुर राई नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गर्छन् र भन्छन् । “म भाग्यशाली छु, किनभने मैले यस कम्पनीबाट सीप सिक्न सके र आर्थिक जोहो समेत गर्न सकेको छु” ।

छिरिंग राईले नासर अल अलीलाई सराहना गर्छन र नासर अल अलीको कम्पनीलाई अत्यन्त राम्रो रोजगारदाताको रूपमा लिएकाछन् । पञ्च राई आफुले पाइको नगद आफ्नो छोराछोरीहरूको शिक्षाको लागि खर्च गर्न चाहन्छन । अर्का कर्मचारी दशरथ मुसहरले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा लिएकाछन् ।

शुरुमा उनले कतारमा दुईवर्ष काम गर्ने योजना गरेका थिए । यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा निरन्तर काम गर्ने सोच आयो र उनले लगातार सोही कम्पनीमा १० वर्ष विताइसकेका छन् । आफु यस कम्पनीमा एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरुको लागि कम्पनीबाट सहयोग पाउनु नै हाम्रो कम्पनी र स्वयम आफुहरुको सफलता सम्झेकाछन् । मुसहररले गर्वसाथ यस कम्पनीबाट आर्थिक जोहो र कामको दक्षता हासिल गरेको कुरा व्यक्त गर्दछन् ।

नासर अल अली इन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेश लगायत आफना कम्पनीमा कार्यरत् अन्य १० कर्मचारीहरूलाई पनि जुलाई महिनामा उत्कृष्ट उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई १ हजार नगद सहित पुरस्कृत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस