गृहपृष्ठ ∕ समाचार ∕ वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा रासस साउन २९, २०७७ गते ८:३८ मा प्रकाशित वीरेन्द्रनगर — प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ ।वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् ।सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए । आदेशको बर्खिलाफ गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुले सीमा नाकामा अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको छ ।बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । वीरेन्द्रनगरमा मात्रै हिजो (बुधबार) र आज(बिहीबार) गरी ३५ कोरोना सङ्क्रमित फेला परेका थिए ।क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु