गृहपृष्ठ ∕ समाचार ∕ वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा रासस साउन २९, २०७७ गते ८:३८ मा प्रकाशित वीरेन्द्रनगर — प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ ।वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् ।सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए । आदेशको बर्खिलाफ गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुले सीमा नाकामा अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको छ ।बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । वीरेन्द्रनगरमा मात्रै हिजो (बुधबार) र आज(बिहीबार) गरी ३५ कोरोना सङ्क्रमित फेला परेका थिए ।क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप