गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द ट्रम्प प्रशासनद्वारा मतदाता रिझाउन क्युबामा हुने चार्टर फ्लाइट पनि बन्द एजेन्सी साउन ३०, २०७७ गते ८:२१ मा प्रकाशित अमेरिका – ट्रम्प प्रशासनले अमेरिका र क्युबाबीच हुने सबै निजी चार्टर फ्लाइटलाई स्थगित गरेको छ । क्युबामाथि दबाब बनाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले ट्वीट गर्दै ‘कास्ट्रो सरकारले पर्यटन र यात्रा कोषको मद्दतले भेनेजुएलामा हुने दुर्व्यवहार र हस्तक्षेपलाई वित्तपोषण गर्ने गरेको’ आरोप लगाएका छन् ।गत अक्टोबरमा अमेरिकाले क्युबाको हवानाबाहेकका सबै अमेरिकी विमानको उडानलाई रद्द गरेको थियो । कोरोनाभाइरसको महामारीका कारण क्युबाको पर्यटनमा यसअघि नै ठूलो धक्का लागिसकेको छ ।फ्लोरिडामा रहेका क्युबन अमेरिकनहरु क्युबाप्रति सख्त नीति अख्तियार गरेको रुचाउँछन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि फ्लोरिडा महत्त्वपूर्ण राज्य हो । यो निर्णयलाई त्यहाँको क्युबन अमेरिकनहरुलाई रिझाउने ट्रम्पको प्रयासको रुपमा पनि हेरिएको छ ।यो प्रतिबन्ध आगामी १३ अक्टुबरदेखि लागू हुनेछ । सो दिन क्युबाका क्रान्तिकारी नेता फिडेल क्याट्रोको जन्मदिन पनि हो । – बीबीसीक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयट्रक र कार ठोक्किँदा तीन जनाको मृत्युखुकुरी प्रहार गरी दुई जनाको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर युक्रेन अतिक्रमण गर्न रुसले ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् खुकुरी प्रहार गरी दुई जनाको हत्या