Techie IT
×
गृहपृष्ठसमाचारधमाधम खाली हुँदै बिजनेस हाउस, निराश भएर घर फर्कँदै व्यापारी

धमाधम खाली हुँदै बिजनेस हाउस, निराश भएर घर फर्कँदै व्यापारी


काठमाडौं — करिब ४ महिना लामो देशव्यापी लकडाउन भयो । ४ महिनासम्म घरभित्रै बसेका सर्वसाधरण देखि उद्योगी व्यवसायीहरुलाई दिन प्रतिदिन समस्या थपिँदै गएपछि सरकारलाई लकडाउन नगर्न दवाव दिए ।

त्यसपछि सरकारले साउन पहिलो सातालेखि देशव्यापी लकडाउनको अन्त्य गरेको घोषणा गर्यो । ४ महिनासम्म ठप्प रहेको व्यापार व्यवसायलाई उत्साहित भएर खोलेका व्यवसायीहरु खाेलेकाे एक महिनामै लकडाउनमा जस्तै निराश हुन बाध्य भएका छन् ।

व्यापार व्यवसाय खोले पनि ग्राहकहरु नआपछि उनीहरु निराश हुँदै अहिले धमाधम व्यापार बन्द गर्न थालेका छन् । कतिले सटर बन्द गर्दै घर  फर्केका छन् भने कतिले सदाका लागि व्यापार नै बन्द गरी घर फर्किन थालेका छन् । ४ महिना लामो लकडाउनले उत्पन्न आर्थिक संकट र अहिले बजार खुलेपछि पनि व्यापार हुन  नसकेपछि उनीहरु निराश हुँदै घर फर्किन विवश भएका हुन् ।

व्यापार व्यवसाय खोलेको सुरुमा व्यवसाय पुनरुत्थान अर्थात राहत स्वरुप भन्दै व्यवसायीहरुले घरवेटीलाई कोठा भाडा छुट मागे । धेरै ठाउँ अर्थात धेरै विजनेस हाउसका व्यवसायीले घरवेटीले भाडा छुट नदिएको भन्दै आन्दोलन समेत गर्न भ्याए । तर, अहिले ती सबै कामबाट दिक्क भएर गर्दै आएको व्यवसायको सटर बन्द गदै घर फर्किनु बाहेकको विकल्प उनीहरुले देखेका छैनन् ।

अहिले धेरै व्यवसाय गर्नेहरु घर फर्किसकेका छन् । चर्को घरभाडा र बैंकको ऋणको दवावले उनीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् । अहिले राजधानी काठमाडौंमा सञ्चालन हुँदै आएका कमर्सियल भवनहरु धमाधम खाली हुँदै गएका छन् ।

केही विजनेस हाउसहरुमा घरभाडा ५० प्रतिशत छुट गरिदिएपनि त्यसले रिभाइव हुन नसकेपछि काठमाडौंमा रहेका धेरै विजनेस हाउसहरुका पसल धमाधम बन्द हुन थालेका हुन् । अहिले अधिकांश व्यापारिक मलहरु खाली देखिन्छन् । सामान खरिद गर्ने ग्राहकहरु नआएपछि व्यपारीहरु पसलको सटर बन्द गरेर घर फर्कन बाध्य भएका हुन् ।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमलका धेरै व्यवसायीहरुले अहिले व्यापार नै छोडेर पलायन भइसकेका छन् । घरधनीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिँदा पनि ८ सयभन्दा बढी व्यवसायी व्यवसाय धरासायी भएकाे भन्दै सटर छोडेरै घर फर्किसकेका छन् ।

ठमेल पर्यटन विकास समितिका उपाध्यक्ष भविश्वर शर्माले धेरै व्यवसायीहरुले धान्न नसेकेर व्यवसाय नै बन्द गरेर घर फर्किसकेको बताए । ‘घरभाडा छुट भए पनि ठमेलमा सटर बन्द हुने क्रम रोकिएको छैन, अझै पनि धेरै छोड्ने मनस्थितीमा छन्,’ उनले भने । ठमेलमा नेपालकै महंगो घरभाडा भएकोले अझै घर भाडा घटाउनु पर्ने उनको भनाई छ ।

यस्तै, ठूलो विजनेस हाउन सिभिल मलका व्यापारीहरु त घरभाडा छुट गराउन आन्दोलनमै उत्रिए । लकडाउनको अवधिमा एक रुपैयाँ पनि कमाई नभएपछि कसरी पुरै भाडा दिन सकिन्छ भन्दै व्यापारी आन्दोलनमा उत्रिएपछि व्यवस्थापन लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिन सहमत भएको थियो । तर, अहिले पनि व्यापार नचलेपछि उनीहरु निराश भएका छन् ।

सिभिल मलमा कपडाको पसल गर्दै आएका एक व्यापारीले दिनभरी पसल खालेपनि कहिले काहिँ एक रुपैयाँ पनि व्यापार नहुने बताए । उनका अनुसार सिभिल मलमा हालसम्म कसैले पनि व्यापार बन्द नै नगरेपनि धेरै व्यवसायीहरु बन्द गर्ने अवस्थामा छन् ।

‘हामी अहिले पर्ख र हेर’को अवस्थामा छाैं,  कोरोना महामारी लम्बिदै गएमा घरभाडा अझै छुट गर्नुपर्ने अवस्था आउन सक्छ, धेरै व्यापारी यो छुट पाउँदा पाउँदै पनि खर्च धान्न नसकेर सटर बन्द गर्ने मनस्थितिमा पुगिसकेका छन्,’ ती व्यापारीले भने ।

लामो समयदेखि व्यापार व्यवसाय ठप्प भएपछि काठमाडौं उपत्यकाका पसलहरु धमाधम खाली हुन थालेका छन् । कतिपय घरधनीले लकडाउन अवधिको घरभाडा छुट दिए पनि साउनदेखि पुरै भाडा असुल्न खोजिरहेका छन् । कतिपय घरधनीले व्यवसायीलाई टिकाई राख्न अझै केही समयका लागि घरभाडा छुट दिन सहमत भएका छन् ।

काठमाडौं उपत्यकामा बल्ल कोरोना महामारी फैलिन थालेको छ । सकारले संक्रमण फैलिन नदिन फेरि कडाई गरिरहेकाे छ ।  रेष्टुँरा खुलेको केही दिनमा पुनः टेकअवेु मात्र सञ्चालन गर्न पाइने तर बसेर खान नपाइने निर्णय भएको छ । यसले पनि व्यवसायीलाई धेरै समस्या भएकाे छ ।

धेरै व्यापार हुने व्यापारीक क्षेत्र दरबारमार्ग, महावौद्ध र न्यूरोड लगायतका धेरै ठाउँमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुका सटर अहिले बन्द अवस्थामा देखिन्छन् । व्यापारमा लागि परिचित न्यूरोड र महाबौद्ध सिल भएपछि धेरै व्यवसायी डरले घरतर्फ लागे ।

अझै पनि धेरै ब्यबसायी पलायन हुने अबस्थामा पुगेका छन् । त्यहाँको रञ्जना मल, महाबौद्ध, भोटाहिटी, असन, इन्द्रचोकमा कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ । त्यहाँको बजार कहिलेदेखि खुल्ने हो यकिन छैन् । व्यापारीहरु चिन्तामा परे्का छन् ।संक्रमितको संख्या थपिँदै जाँदा अन्य व्यापारिक हबहरु पनि सिल हुन थालेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस