गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट थप ४ जनाको मृत्यु पुष्टि, मृतकको कुल संख्या ९५ पुग्यो कोरोनाबाट थप ४ जनाको मृत्यु पुष्टि, मृतकको कुल संख्या ९५ पुग्यो दीप संञ्चार साउन २९, २०७७ गते १७:०६ मा प्रकाशित काठमाडौं — नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।यस्तै बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा उपत्यकाका १२७ जना रहेका छन् । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ ।हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआइतवार सार्वजनिक बिदा दिने निर्णय सरकारद्वारा फिर्ताअंश मुद्दाको विषयमा झगडा हुँदा अदालतमा गोली चल्योसप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्युबाँके घटना : १६ वर्षीया किशोरीको सामूहिक बलात्कार, सात जना… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट आइतवार सार्वजनिक बिदा दिने निर्णय सरकारद्वारा फिर्ता तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय अंश मुद्दाको विषयमा झगडा हुँदा अदालतमा गोली चल्यो अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित आईसीसी यू–१९ महिला टी–ट्वान्टी : भुटानमाथि नेपालको सहज जित सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु सार्वजनिक पदमा रहेकाले यौनहिंसा गरे थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गरौं : गगन थापा बाँके घटना : १६ वर्षीया किशोरीको सामूहिक बलात्कार, सात जना पक्राउ