गृहपृष्ठ ∕ समाचार ∕ आइसोलेसनको अभाव भएपछि घरैमा बस्न थाले कोरोना संक्रमित आइसोलेसनको अभाव भएपछि घरैमा बस्न थाले कोरोना संक्रमित दीप संञ्चार साउन २९, २०७७ गते ८:४४ मा प्रकाशित हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ।उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ।’ हेटौंडा उपमहानर–१० का तीन जना, वडा नं ४ का एक जना र वडा नं ५ का चार जना घरमै छन्। मंगलबार पुष्टि भएका अन्य पाँच जना भने आइसोलेसनमा आएका छन्।७० बेड क्षमताको आइसालेसन भनिएकोमा हाल ४४ जना बसेका छन्। ‘साँघुरो भवन, अव्यवस्थित शौचालय, बसाइ र कम्पाउन्ड पनि साँघुरो छ’, आइसोलेसनमा रहेका हेटौंडा– ४ का एक युवाले भने, ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ।’स्वास्थ्यकर्मीको अभावमा अस्पतालको आकस्मिक कक्षमै अन्य बिरामीसँगै कोरोनाको आशंका गरिएकाको पनि चेकजाँच गर्नुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ। यसअघि आइतबार हेटौंडामा २३ जनामा कोरोना संक्रमण देखिएपछि समस्या समुदायस्तरमा फैलिएको पुष्टि भएको हो। मकवानपुरमा संक्रमितको संख्या ९७ पुगेको छ।विद्यालयमा आइसोलेसन वार्ड नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि अन्यत्र व्यवस्थापन हुन सकेको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा कृष्ण सारु मगरले लेखेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #cor, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह