गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु एजेन्सी साउन २९, २०७७ गते ८:३२ मा प्रकाशित अफगानिस्तान — अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ।यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन्।प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन्।त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पनि मारिएका बताइएको छ।अफगानिस्तानको सरकारले गएको आइतबारदेखि तीन दिनसम्म आफ्नो थुनामा रहेका कैँदीहरु रिहा गर्ने कार्यक्रम राखेको थियो।आइतबारदेखि तीन दिनसम्म जारी राखिएका ती समारोहहरुमा कम्तीमा पनि ४०० जना तालिबान लडाकूहरुलाई सरकारले आफ्नो थुनाबाट मुक्त गरिदिएको छ।यहाँका सञ्चारमाध्यमहरुले भने सरकारले तालिबानहरुलाई रिहा गरिरहेको समयमा पनि उनीहरुका हिंसात्मक हमलाहरु नरोकिएको बताएका हुन्।अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तको मुकर जिल्लामा भएका आक्रमणहरुमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ।त्यस्तै नान्गाहारमा पनि तालिबानले गरेको आक्रमणमा परी कम्तीमा पनि छ जना अफगानिस्तानका सुरक्षाकर्मीसहित केहीको ज्यान गएको छ।उता कुन्दुज प्रान्तमा भने उनीहरुले आफैले विस्फोट गराएको बम लागेर १० जना भन्दा बढी तालिबानको ज्यान गएको बताइएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ?उपप्रधानमन्त्री श्रेष्ठको सक्रियतामा दुई सातामा काठमाडौँका सडकमा ६५ प्रतिशत खाल्डाखुल्डी…एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्मराष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश