गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु पछिल्लो २४ घन्टामा अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो,अधिकांश मारिनेमा तालिबानहरु एजेन्सी साउन २९, २०७७ गते ८:३२ मा प्रकाशित अफगानिस्तान — अफगानिस्तानमा गएको २४ घन्टायता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ।यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन्।प्राप्त समाचारअनुसार यसरी मारिनेमा अधिकांश तालिबानहरु नै रहेका छन्।त्यस्तै केही स्थानमा सरकारी सुरक्षाकर्मी पनि मारिएका बताइएको छ।अफगानिस्तानको सरकारले गएको आइतबारदेखि तीन दिनसम्म आफ्नो थुनामा रहेका कैँदीहरु रिहा गर्ने कार्यक्रम राखेको थियो।आइतबारदेखि तीन दिनसम्म जारी राखिएका ती समारोहहरुमा कम्तीमा पनि ४०० जना तालिबान लडाकूहरुलाई सरकारले आफ्नो थुनाबाट मुक्त गरिदिएको छ।यहाँका सञ्चारमाध्यमहरुले भने सरकारले तालिबानहरुलाई रिहा गरिरहेको समयमा पनि उनीहरुका हिंसात्मक हमलाहरु नरोकिएको बताएका हुन्।अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तको मुकर जिल्लामा भएका आक्रमणहरुमा कम्तीमा पनि २३ जनाको ज्यान गएको छ।त्यस्तै नान्गाहारमा पनि तालिबानले गरेको आक्रमणमा परी कम्तीमा पनि छ जना अफगानिस्तानका सुरक्षाकर्मीसहित केहीको ज्यान गएको छ।उता कुन्दुज प्रान्तमा भने उनीहरुले आफैले विस्फोट गराएको बम लागेर १० जना भन्दा बढी तालिबानको ज्यान गएको बताइएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल