Techie IT
×
गृहपृष्ठसमाचारडोटीमा भएको बस दुर्घटना परि तीनको मृत्यू , ३३ जना घाइते

डोटीमा भएको बस दुर्घटना परि तीनको मृत्यू , ३३ जना घाइते


धनगढी — बाढी पहिरोका कारण शास्ती र पीडा खेप्दै आएका सुदूर पश्चिमेलीहरुमा फेरी बस दुर्घटनाले थप पिडा दिएको छ।डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा बुधबार बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यू भएको छ भने ३३ जना घाइते भएका छन्।जसमा १२ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि मृत्यू हुँने हरुमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने वर्ष ३० का टिकाराम बिक, मंगलसेन नगरपालिका–७ अछाम बस्ने वर्ष ५५ की धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने वर्ष ६० का पदम साउद रहेका छन् । उक्त बस दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यू भएको छभने ३३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले दिनुभएको जानकारी अनुसार कैलालीबाट अछामका लागि जादै गरेको कर्णली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो।

उक्त बस दुर्घटनामा परि घाइते हुनेहरुमा अछाम जिल्ला बस्ने अञ्जली भण्डारी, मिना भण्डारी, दुर्गा भण्डारी, सुरज बिक, पार्वति जनाला, रोसन पनेरु, सन्तोष पनेरु, खमेराज ओली, गौरी ढुङ्गाना, राम रावल, प्रकास थापा, अर्जुन साउद, भरत साउद, धना साउद, खिमा जनाला, कल्धरी कामी, गिता कामी, मनिष कामी, मनिराज बिक, रबि बिश्वकर्मा, उमेश जनाला, सिरिष जनाला, रमेश शाही, दिपक शाही, धिरेन्द्र नेपाली, रमेश जनाला, गणेशकुमार साउद, लक्ष्मिदेबी बिक तथा रेवन्त साउद रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भिर रहेको छ । बस सडकबाट कम्तिमा पनि ३० मिटर तल खोलामा खसेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो।

भारतबाट रोजगारी गरी घर फकिएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो । वर्षातका कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण उक्त गाडी दुर्घटना भएको हुँन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइतेहरु अधिकांसको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पता डोटीका डा.ज्योती पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांस घाइतेको टाउको र छातीमा बढी चोट छ, १२ जनाको अवस्था गम्भिर भएकाले रेफर गर्ने तयारीमा छौँ ।” सिट क्षमता भन्दा बढी यात्रु बोकेका कारण उक्त बस दुर्घटना भएको हुनसक्ने पूर्वीचौँकी गाउँपालिकाका स्थानीयबासी चक्रबहादुर कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बसको सिट क्षमता भन्दा बढी यात्रु छन्, बाटो पनि वर्षातले खराब भएका कारण दुर्घटना भएको हुनसक्छ ।” प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाइ आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सिट क्षमता भन्दा यात्रु सङख्या पनि बढी देखिएको छ, के कती कारणले दुर्घटना भयो त्यो विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि सबै कुरो खुल्ने छ।”


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस