गृहपृष्ठ ∕ समाचार ∕ भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने दीप संञ्चार साउन २८, २०७७ गते २२:२६ मा प्रकाशित काठमाडौं — कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ देखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयले सबै सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने र अनलाइनबाट गरिएका रिक्वेष्टलाई वैधता दिने निर्णय गरेको छ।कार्यालयले नयाँ कम्पनी दर्ता, कम्पनीहरुको नविकरण लगायतका काम गर्दै आएको छ।नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाईन मार्फत् पेश गरेका कागजात लाई नै आधिकारिक मान्ने जानकारी दिएको छ। यसरी कम्पनी दर्ता गर्दा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक पर्ने छैन।यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्को पटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा अनलाईनबाट पेश गरेका विवरण र विधुतीय अभिलेखलाई वैधता दिने भएको छ।नयाँ र पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत् नै बुझाउन सक्ने छन्। हार्डकपी बुझाउनुपर्ने बाध्यता हुने छैन। तर त्यसको हार्डकपी कम्पनी आफ्नै कार्यालयमा राख्नुपर्ने छ।त्यस्तै शेयर लगत अभिलेख दर्ता गर्दा अनलाईन मार्फत् कम्पनीले पेश गरे हुने छ। यसरी पेस गर्दा स्क्यान कपी बनाउनुपर्ने छ। तर कार्यालयमा राखिएको विवरणसँग बाझिएमा कम्पनी नै जिम्मेवार हुनुपर्ने छ।यसरी अनलाइनबाट बुझाएका विवरण र वास्तविक विवरण फरक पर्न गएमा सच्याउनुपर्दा सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ।यो सेवा लिनका लागि कार्यालयको वेबसाइटमा गएर लिन सकिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट