गृहपृष्ठ ∕ समाचार ∕ भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने भदौ १ देखि कम्पनी रजिष्टारको सेवा अनलाइन माध्यमबाट पाइने दीप संञ्चार साउन २८, २०७७ गते २२:२६ मा प्रकाशित काठमाडौं — कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ देखि अनलाइन माध्यमबाट सेवा दिने भएको छ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कार्यालयले सबै सेवालाई अनलाइन माध्यमबाट प्रवाह गर्ने र अनलाइनबाट गरिएका रिक्वेष्टलाई वैधता दिने निर्णय गरेको छ।कार्यालयले नयाँ कम्पनी दर्ता, कम्पनीहरुको नविकरण लगायतका काम गर्दै आएको छ।नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाईन मार्फत् पेश गरेका कागजात लाई नै आधिकारिक मान्ने जानकारी दिएको छ। यसरी कम्पनी दर्ता गर्दा प्रस्तावित प्रवन्धपत्र र नियमावलीको २ प्रति बाहेक अन्य कागजी विवरण आवश्यक पर्ने छैन।यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने र अर्को पटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नु पर्दा अनलाईनबाट पेश गरेका विवरण र विधुतीय अभिलेखलाई वैधता दिने भएको छ।नयाँ र पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायतका सबै विवरणहरु अनलाईन मार्फत् नै बुझाउन सक्ने छन्। हार्डकपी बुझाउनुपर्ने बाध्यता हुने छैन। तर त्यसको हार्डकपी कम्पनी आफ्नै कार्यालयमा राख्नुपर्ने छ।त्यस्तै शेयर लगत अभिलेख दर्ता गर्दा अनलाईन मार्फत् कम्पनीले पेश गरे हुने छ। यसरी पेस गर्दा स्क्यान कपी बनाउनुपर्ने छ। तर कार्यालयमा राखिएको विवरणसँग बाझिएमा कम्पनी नै जिम्मेवार हुनुपर्ने छ।यसरी अनलाइनबाट बुझाएका विवरण र वास्तविक विवरण फरक पर्न गएमा सच्याउनुपर्दा सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ।यो सेवा लिनका लागि कार्यालयको वेबसाइटमा गएर लिन सकिने छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीनराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था हो बायोमेट्रिकका नाममा कैलास खड्काको बदमासी, मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प