गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि कपिलवस्तु जिल्ला अस्पतालका १८ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि दीप संञ्चार साउन २८, २०७७ गते २२:२० मा प्रकाशित कपिलवस्तु — कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।गत सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनामा कोरोना पुष्टि भएको हो। १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमेरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालका २३ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले इमेरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरेको छ। कपिलवस्तुमा बुधबारसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये एक जनाको मंगलबार राति बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको छ। मंगलबार राति बुटवलमै मृत्यु भएका अर्का एकजनाको भने रिपोर्ट आउन बाँकि रहेकाे कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल