Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना भ्याक्सिन स्वीकृत : पुटिनकी छोरीले लगाईन् विश्वकै पहिलो कोरोना भ्याक्सिन

कोरोना भ्याक्सिन स्वीकृत : पुटिनकी छोरीले लगाईन् विश्वकै पहिलो कोरोना भ्याक्सिन


काठमाडौं — विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गर्दै यसलाई प्रयोगकालागि स्वीकृति दिएको घोषणा गरका हुन् ।

घोषणा कार्यक्रममा पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए । पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले बनाएको हो । मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ ।

यस लगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona, #putin, #vaccine

तपाईको प्रतिक्रिया दिनुहोस