गृहपृष्ठ ∕ समाचार ∕ आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म यो वर्षकै धेरै उल्का वर्षा हुने आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म यो वर्षकै धेरै उल्का वर्षा हुने एजेन्सी साउन २८, २०७७ गते २०:०१ मा प्रकाशित काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आज (बुधबार) राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म उल्का वर्षा देखिने जनाएको छ ।यो उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको छ । ‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराले आफ्नो कक्षमा छोडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भएर जल्ने क्रममा यो उल्का वर्षा देखिन लागेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।‘स्विफ्ट टटल’ पृथ्वीबाट धेरै टाढा रहे पनि यसले १ सय ३३ वर्षमा सूर्यको परिक्रमा गर्छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ ।नासोले भने अत्याधिक मात्रा उल्का वर्षा खसेको हेर्न चाहनेरुका लागि बिहीबार बिहान ३/४ बजेको समय उपयुक्त हुने बताएको छ । उक्त समयमा प्रतिघन्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ । ती उल्का वर्षाहरुको गति प्रतिसेकेण्ड ६० किमिसम्म हुने भएकोले करिब ७० किमि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने नासोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।यो वर्ष जुलाई १७ देखि अगष्ट २६ सम्म उल्का वर्षा सक्रिय हुने अनुमान गरिएको छ । उल्का वर्षालाई रातको समयमा उत्तरपूर्वी आकाशमा अवलोकनकर्ताहरुले हेर्न सक्नेछन् । आफू रहेको स्थानको आकाश खुला र सफा रहेमात्र अवलोकन कार्य सम्भव हुने अध्यक्ष भट्टराईले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट