बुटवलमा बिहीबार राति १२ बजे देखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन
बुटवल — समुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।
उपमहानगरको बुधबार बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका उप-प्रमुख गुमादेवी आचार्यले बताइन् ।
बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ,’ आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने बताइएको छ ।
उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस