गृहपृष्ठ ∕ प्रदेश खबर ∕ बाग्मती प्रदेश ∕ सवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित सवारी चालकसँग विभिन्न वहानामा घुस लिने ६ प्रहरी निलम्वित दीप संञ्चार साउन २८, २०७७ गते ९:०० मा प्रकाशित काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले घुस लिने ६ जना प्रहरीलाई निलम्बन गरेको छ।मंगलबार कार्यालयले विभिन्न जिल्लामा कार्यरत ६ जना प्रहरीलाई घुस खाएको आरोपमा निलम्बन गरेको हो। उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना छन्। कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुसार उनीहरूले सवारी चालकसँग विभिन्न वहानामा घुस लिएका थिए। उनीहरूमाथि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको थियो।निलम्बन पर्नेमा सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रे अन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा छन्।उनीहरूमाथि अनुसन्धान गर्न कार्यालयले डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ।बागमती प्रदेश कार्यालयले अहिलेसम्म एक जना प्रहरी निरीक्षक सहित ११ जना घुस खाने प्रहरी कर्मचारीलाई निलम्बन गरिसकेको छ। त्यस्तै घुस दिन खोज्नेलाई पक्राउ गर्ने २५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेको छ।क्याटेगोरी : समाचार, बाग्मती प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल