Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५तुलसीपुरमा एकैदिन २९ जना नेपाली सेनामा कोरोना पुष्टि

तुलसीपुरमा एकैदिन २९ जना नेपाली सेनामा कोरोना पुष्टि


दाङ – तुलसीपुरमा आज एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको छ ।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका फोकल पर्सन बिकास आचार्यले जानकारी दिए।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरि परिक्षण गर्दा संक्रमण देखिएको थियो ।

ति जवानमा संक्रमण देखिएपछि उनकोम सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको हो । अन्य २ जनाको रिर्पोट भने नेगेटीभ आएको छ । २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन्


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस