Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगोंगबु हत्याकान्ड आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा

गोंगबु हत्याकान्ड आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा


काठमाडौँ – काठमाडौँको गोंगबुस्थित गणेश स्थानमा कृष्ण बहादुर बोहोराको हत्यापछि फालेको आरोपमा अनुसन्धानका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनबाट ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीका एक उच्च अधिकारीले बताए । आइतबार बिहान बोहराको शरीरको भाग सुटकेशमा तथा टाउको र खुट्टा झोलामा फेला परेको थियो ।

हत्या गरिएका बोहोरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्दै आएको खुलेको छ । उनको हत्याको कारण अहिल्यै खुलि नसकेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस