Techie IT
×
गृहपृष्ठग्लोबलगल्फ२६ औं विश्व आदिवासी दिवस नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा,कतारले अनलाईन द्दारा सम्पन ।

२६ औं विश्व आदिवासी दिवस नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा,कतारले अनलाईन द्दारा सम्पन ।


दोहा, कतार – नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्धारा “पहिचान सहितको संघियता र स्वायत्तताका लागि संबिधान शंसोधनको आन्दोलन हाम्रो साझा वहस ,स्वनिर्णित बिकास तथा महामारीमा बच्ने र बचाउने पक्षमा २६ औं बिश्व आदिवासी दिवस ” भन्ने मुल नाराका साथ २६ औं बिश्व आदिवासी दिवस २०२० महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद्का अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दुई चरणमा विभाजन गरी संचालन गरीएको थियो । पहिलो चरणको अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितिका का.वा. सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई र महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राई रहेका थिए ।

अतिथिहरु महासंघ कतारमा बिषेश सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार सदस्य दिल किरण खजुम, संस्थापक तथा सल्लाहकार सदस्य बिल गुरुङ, संस्थापक तथा सल्लाहकार सदस्य सुक बा.तामाङ, सल्लाहकार सदस्य धिरज चाम्लिङ राई, सल्लाहकार सदस्य शंखलाल तामाङ, सल्लाहकार सदस्य नियम भुजेल, सल्लाहकार सदस्य रस तमु, मातृसंस्थाहरुबाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजन्द्रे साम्याङखाम लिम्बु, तमु गुरुङ्ग समाजका अध्यक्ष भाई काजि गुरुङ्ग, किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष बिमल राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारिणी सभाका का.वा. सभापति हरि महत्तो, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल समाजका अध्यक्ष बिनोद भुजेल, नेवा पुच कतारका का–वा अध्यक्ष ओम श्रेष्ठ, नेपाली धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल, शेर्पा किदुग दोहा कतारका का.वा. अध्यक्ष तेन्जि शेर्पा नेपाली प्रवासी दनुवार संगठन कतारमा का.वा. अध्यक्ष बिक्षु कुमार दनुवार, प्रवासी ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष रविलाल ताजपुरीया सहभागि रहेका थिए ।

महासंघ कतारका उप–महासचिव एकराज राईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम उक्त कार्यक्रमका प्रमुख अतिथि तथा वक्ता जगत बरामले सम्पुर्ण बिश्व मानव जगतमा २६ औं दिवसको शुभकामना दिंदै हिजो आदिवासी जनजातिहरुको एजेण्डलाई राजनीतिक एजेण्डा बनाएर सरकारमा पुगेका राजनितिक दलहरु अहिले त्यहि दलहरु आदिवासी जानजाति लागि बाधक भएको र हामिले संघियता, स्वयात्तता,संस्कृतिक,धार्मिक,भाषिक पहिचान, धर्म निरपेक्षता समानताको कुरा गर्दा हामिलाई जातिय द्वन्द फैलाएको, धार्मिक संहिष्णुता बिगार्न खोजको,राष्ट्रियता माथि खल्लन गर्न खोजियो जस्तो लालछना र आरोपहरु लगाईदै आएको बताउदै नेपाली आदिवासीहरुको आन्दोलन कुनै जाति, समुदाय, क्षेत्र, लिङ्गको बिरुद्धमा नभएर नितान्त समानताका लागि राष्ट्रिय बिकासको लागि, राष्ट्र निमार्ण र समृद्ध वनाउन गरीएको आन्दोलन हो तसर्थ यो आन्दोलनलाई सरकारले हातेमालो गर्न सक्यो भने सम्बोधन गर्न सक्यो भने मात्र यो देश द्रुत गतिमा बिकास हुन सक्छ भन्ने जिकिर गरेका थिए।

सोहि क्रममा अर्का अतिथि वक्त प्रवासी एकता मञ्च कतारका अध्यक्ष चानक पेख्रेलले आदिवासी जनजातिहरुको मुद्दाहरु केहि आन्तरीक समस्याका कारण पुरा र सम्बोधन नभएका होलान तर चाडै नै यहि सरकारले संविधान संशोधन गर्ने आश्वासन दिंदै यसको लागि हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए भने नेपाली जन सम्पर्क समितिका का.वा.सभापति शंकर न्यौपानेले नेपालका आदिवासी जनजाति समुदायहरुको प्रथाजनित कानुनमा अडिएका संस्थाहरु महत्वपूर्ण रहेको ति आफैमा आत्म निर्णयका अधिकारहरु देखि स्वयात्तता र सुशासन पनि भएको आत्मा निर्णयका अधिकारमा प्राकृति स्रोत,साधन, भुमि र भु–भाग पनि पर्ने भएकोले यी सबै आदिवासीको मानव अधिकार हो, मानव अधिकार अविभाजित, सर्वभौमिक, नैसर्गिक र प्राकृतिक अधिकार हुन यी अधिकारहरु कसैले आदिवासीलाई दिईने वा खोसिने अधिकार नभएको भन्दै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारले जनजातिहरुको हक, हित, पहिचान र गौरवमय ईतिहास, संस्कृतिको संरक्षण र संवर्धन गर्न खेलेको आवश्यक  भुमिका सह्रानीय रहेको बताए।

नेपाली समाज कतारका अध्यक्ष हिराधन राईले हरेक परिवर्तनका आन्दोलनहरुमा आदिवासी जनजातिहरुको त्याग र योगदान घाम जस्तै छर्लग भएको बताउदै जन–आन्दोलन र जव युद्धबाट स्थापित मुल्य र मान्यताहरुलाई कुल्चिएर वर्तमान दुई तिहाईको सरकार प्रतिगमन तिर गएको जिकिर गर्दै आदिवासी जनजाति आन्दोलन निक्रिय र आजको रक्षात्मक रुपमा पुगेको महसुस गरेको र उचाईमा ल्याउन केन्द्रिय अध्यक्षलाई आग्रह गर्दै आन्दोलनमा सदैव जनता समाज पार्टि सहयोग र समर्थन गर्नेछ भन्दै जनता समाजवादि पार्टिको १०+१ अवधारणा ल्याएर आएको छौ, ११ प्रदेश नभए सम्म सडक, सदन र सत्ता प्रयोग गर्दै अगाडि निरन्तर लड्ने बताएका थिए । त्यस्तै महासंघ कतारका प्रमुख सल्लाहकार देवराज राईले आदिवासी जनजातिको बिषयमा शुक्ष्म रुपमा सरकारले गरेको परिभाषाको टिप्पणी गरेका थिए । वक्ताहरुले आफ्ना धारणा राखे सँगै उठेका पश्नहरुको प्रवक्ताहरुबाट उत्तर दिएका थिए। यसरि पहिलो चरणको अन्तरक्रिया कार्यक्रम समापन संगै दोस्रो चरणको कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रममा प्रवेश गरिएको थियो ।

बिषेश सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य तथा सल्लाहकार बिल ब. गुरुङ, सल्लाहकार धिरज चाम्लिङ राई र उपस्थित मातृसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु द्धारा २६ औँ बिश्व आदिवासी दिवसको शुभकामना मनतव्य राखेका थिए । कार्यक्रम महासंघका महासचिव सागर तुम्बाहाङफे लिम्बुले सञ्चालन गरेका थिए भने दिप संञ्चार मिडियाद्वारा जुम भर्चुअल भिडियो कन्फरेन्स प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अन्त्यमा आदिवासी जनजाति महासंघ दोहा कतारका अध्यक्ष शिव कुमार भुजेलले कार्यक्रमको अन्त्यमा कार्यक्रमलाई सफल वनाउन सहभागि सबैलाई धन्यवाद दिन्दै आदिवासी जनजातिको हक र हितको निमित्त जस्तो सुकै संघर्षहरु गर्न तत्पर रहने र जनजातिहरुमा आर्थिक, शिक्षा र सक्षम आत्मा निर्भर हुनु आजको आवस्यक्ता हो भनि औपचारीक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस